टेकुका बिरामी अन्तै पठाइँदै : कोरोना संक्रमणका बिरामीकाे मात्रै उपचार हुने

काठमाडौँ, ९ चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने भएको छ । अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । यसअघि अस्पतालले क्षयरोग, एचआईभी, झाडापखाला लागेका र कुकुरले टोकेका बिरामीको समेत उपचार गर्ने गरेको थियो ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार अब एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ । ‘कुकुरले टोकेका बिरामी हेर्न स्वास्थ्य कार्यालयमा आफ्नै स्वास्थ्यकर्मी खटाउँछौं, तालिम पनि दिन्छौं,’ डा. राजभण्डारीले भने, ‘यसका लागि आवश्यक खर्चसमेत व्यवस्थापन भइसकेको छ ।’

डा. राजभण्डारीका अनुसार कुकुरले टोकेको बिरामी दिनमा तीन सय हाराहारी टेकुमा आउँथे । ‘अन्य सरुवा रोगका तीन सय बिरामीले यहाँबाट नियमित औषधि लिइरहेका थिए,’ उनले भने, ‘अब स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खाने बिरामीलाई २ महिनाका लागि एकैचोटि औषधि दिएर पठाइन्छ ।’ उनका अनुसार नियमित औषधि खाने ती बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र अस्पताल नै बोलाएर औषधि खुवाउँदा संक्रमण सर्ने बढी जोखिम रहन्छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Rate for