काठमाडौँ, ५ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन बन्द गरिनेछ ।
सडक माथिबाट निरन्तर ढुङ्गा–माटो खसेर पहिरोको उच्च जोखिम निम्त्याइरहेकाले उक्त जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउन सवारी रोक्न लागिएको जनाइएको छ ।






