बिर्तामोडको बडी ग्यारेजमा आगलागी, एक जनाको जलेर मृत्यु

झापा, ५ कार्तिक । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

बिहीबार बिहान करिब ०४:१० बजे ध्रुव भट्टराईको जग्गामा टिनको छानो भएको घरमा जिल्ला झापा बिर्तामोड नगरपालिका-४ बस्ने रबि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा आगलागी भएको हो। आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ०४:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

आगलागीमा परी क्यान्टिनमा काम गर्ने जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ। आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा तथा नगद रु. एक लाख जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब रु. ३ लाख बराबरको क्षति भएको छ।

यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो। आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका