मालीमा सशस्त्र समूहको आक्रमण: ५० जनाको मृत्यु

काठमाडौँ, ३ कार्तिक । मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् ।

आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन् । मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगो लगाएका थिए । दौसहाक समुदायको कार्यकारी ब्युरोले हत्यामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ । ब्युरोका अनुसार तगादायतमा ४८ जना सर्वसाधारण मारिएका छन् ।

एक सुरक्षा स्रोतका अनुसार हालै गरिएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदलास्वरूप हिंसा भएको हो। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ ।

एक स्थानीय अधिकारीले महिला र वृद्धसहित ५० भन्दा बढीको मृत्यु भएको बताएका छन् । आक्रमणबाट विस्थापित भएका मानिसहरू मेनाका पुगेका छन् । मालीको सेनाले शनिबार मेनाकाबाट करिब ६५ किलोमिटर दक्षिणपश्चिममा सैन्य कारबाही गरी आतङ्कवादी तथा सैन्य उपकरण रहेको प्रमुख आधारमा आक्रमण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको