दशैं अवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

काठमाडौँ, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न/नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए ।

उनले दशैंका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि