माधव थापाका दुई पुस्तक सार्वजनिक

नेपाली सेनामा २२ वर्ष सेवा गरेर प्राज्ञिक क्षेत्रमा प्रवेश गरेका माधव थापाका निर्वाचन रणनीति र नेपालमा चीन–भारतको भू–राजनीतिक प्रतिस्पर्धासम्बन्धी दुई पुस्तक सार्वजनिक भएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित अल्कोभ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा थापाका How to Win Election? An Election Strategy Making Process र Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal सार्वजनिक गरिएका हुन् ।

थापाको पहिलो पुस्तक How to Win Election? An Election Strategy Making Process निर्वाचनमा सफलता हासिल गर्न उम्मेदवार र राजनीतिक दलले कस्तो रणनीति बनाउने भन्ने विषयमा केन्द्रित छ । यसमा निर्वाचन रणनीति निर्माणका नौ चरण प्रस्तुत गरिएका छन् । निर्वाचन अभियान सञ्चालन, चुनावी गतिविधिको अनुगमन र बदलिँदो राजनीतिक परिस्थितिअनुसार रणनीति परिमार्जन गर्ने विषय पनि पुस्तकमा समेटिएका छन् ।

त्यस्तै, दोस्रो पुस्तक Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal नेपालमा चीन र भारतबीचको भू–राजनीतिक प्रतिस्पर्धामा केन्द्रित छ । पुस्तकले दुई छिमेकी मुलुकको प्रतिस्पर्धालाई सम्पर्क सञ्जाल, सुरक्षा, संस्कृति र ऊर्जा तथा जलस्रोत गरी चार प्रमुख पक्षबाट विश्लेषण गरेको छ । नेपालमा चीन र भारतका रणनीतिक चासो, जलस्रोतसम्बन्धी स्वार्थ, बुद्ध धर्मसँग जोडिएको सांस्कृतिक भू–राजनीति तथा नेपालले दुई मुलुकलाई जोड्ने ‘जीवन्त पुल’ का रूपमा खेल्न सक्ने भूमिकाबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।

सैन्य सेवापछि प्राज्ञिक क्षेत्रमा सक्रिय थापाले नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजबाट आर्मी कमान्ड एन्ड स्टाफ कोर्स पूरा गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २०२३ मा राजनीतिशास्त्रतर्फको एमफिल ब्याचमा प्रथम भएका थापा हाल विद्यावारिधिका शोधार्थी हुन् । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र अध्यापनसमेत गराउँदै आएका छन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा डा. रविन्द्र खनाल र परराष्ट्रमन्त्री भइसकेका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल बालानन्द शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा अवकाशप्राप्त ब्रिगेडियर जनरल रामचन्द्र खत्री, त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागका प्रमुख डा. पिताम्बर भण्डारी र अवकाशप्राप्त मेजर जनरल डा. पूर्ण सिलवालले पुस्तकहरूमाथि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको