बलिउड अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ, २२ असोज । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो।

रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो । तर उनको ज्यान बचाउन सकिएन। चिकित्सक डा. शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५ः२० बजे निधन भएको हो। उनको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टमको तयारी गरिएको छ।

नाना पाटेकरले लामो समयदेखि हिन्दी र मराठी फिल्ममा अभिनय गर्दै आएका थिए। सन् १९८९ मा रिलिज भएको ‘परिन्दा’मा उनले अन्नाको भूमिका निर्वाह गरेका थिए। उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।