हिमालय मानवताको साझा सम्पदा र एसियाको ‘वाटर टावर’: सभामुख अर्याल

काठमाडौँ, २२ असोज । तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइ बहुमतका साथ छनोट भएको छ ।

महासभामा सभामुख डोल प्रसाद (डीपी) अर्यालले (हिमाली तथा अन्य जोखिमयुक्त क्षेत्रमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धिका लागि तत्काल संसदीय कदम) शीर्षकको आपत्कालीन एजेन्डा प्रस्तुत गरेका थिए । प्रस्तावमाथि भएको मतदानमा पक्षमा ९०१, विपक्षमा ७८ र तटस्थमा १४० मत परेको थियो। पक्ष र विपक्षमा खसेको कुल ९७९ मतको दुई–तिहाइका लागि ६५३ मत आवश्यक पर्नेमा नेपालको प्रस्तावले भारी बहुमत प्राप्त गरेको हो ।

प्रस्ताव पेस गर्दै सभामुख अर्यालले हिमालयलाई मानवताको साझा सम्पदा र एसियाको ‘वाटर टावर’का रूपमा चित्रण गरे । उनले जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालहरूमा बढ्दो जोखिमले सिङ्गो मानव सभ्यतामाथि नै चुनौती थपेको बताए । नेपालले पछिल्लो समय भोगेको जलवायुजन्य विपद्को दृष्टान्त प्रस्तुत गर्दै उनले जलवायु न्याय र संसदीय जबाफदेहीताका लागि विश्वका संसद्हरूबिच साझा दायित्व र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

सभामुख अर्यालले जलवायुजन्य विपद्को सामना गर्न संसदीय जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । विश्व समुदायलाई दोषारोपण गर्नुभन्दा पनि विपद्बाट प्रभावित नागरिकको संरक्षण, न्याय र सुरक्षित भविष्यका लागि साझा समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम

काठमाडौँ, २२ असोज । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव

काठमाडाैँ, २२ असाज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज