काठमाडाैँ, २२ असाज । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।
निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।





