भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष: सभापति लामिछानेद्वारा बधाई

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिनुभएकाे छ ।

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उहाँको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गर्नुभएको हाे ।

‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ लामिछानेले बताउनुभएको छ ।

उहाँले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता-जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ ।

सभापति लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल-भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असाज । बृटिश गाेर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिसी) र रिब्डीकाेट बुद्व विहार पाल्पाले भाेटेकाेशी बाढी प्रभावितका लागि आर्थिक

काठमाडाैँ, २१ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल

काठमाडौँ, २१ असोज । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।