त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटको विदुरमा

काठमाडौँ, २१ असोज । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ ।

टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तिनै तहका सरकारका प्रतिनिधिहरूसँग विपद् र विपद्पछिका अवस्थाबारे जानकारी लिएको छ । 

त्यसक्रममा खोज, उद्धारको अवस्था, राहत तथा अस्थायी आश्रयको स्थिति, आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वासका पक्षमा गरिएका तयारीसहित दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणमा अपनाइनुपर्ने विधिका बारेमा दिएका सुझावलाई सङ्कलन गरेको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।

सुझाव दिने क्रममा स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनःस्थापनामा जोड दिँदै तत्काल कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा