ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् ।

प्रहरीका अनुसार आज कालिका नगरपालिका–५, वडा कार्यालय चोकमा ना६त ६४४४ नम्बरको ट्याक्टर र बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको जीप एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार कालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका अरू सबैको उपचार सोही अस्पतालमा भइरहेको छ । ट्याक्टर चालक कालिका–१ का ४२ वर्षीय बिके स्याङ्बोलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी