काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् ।
प्रहरीका अनुसार आज कालिका नगरपालिका–५, वडा कार्यालय चोकमा ना६त ६४४४ नम्बरको ट्याक्टर र बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको जीप एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा जीपमा सवार कालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका अरू सबैको उपचार सोही अस्पतालमा भइरहेको छ । ट्याक्टर चालक कालिका–१ का ४२ वर्षीय बिके स्याङ्बोलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







