दुर्गा प्रसाईंको अनुसन्धान फाइल इजलासमा देखाउन आदेश

काठमाडौँ, १९ असोज । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विषयमा गरिएको अनुसन्धान फाइल इजलासमा पेस गर्न आदेश दिएको छ ।

आज सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको हो ।

सर्वोच्चले कसुरको जाहेरीमा गरिएको अनुसन्धान मिसिलसँगै जिल्ला अदालत काठमाडौँबाट भएको म्याद थप अनु्मतिको सक्कल फाइल पनि पेस गर्न भनेको छ । इजलासमा देखाएर फिर्ता लैजाने गरी पेस गर्न आदेश दिइएको छ ।

“यसमा निवेदकविरुद्द परेको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरको जाहेरीमा भएको अनुसन्धान र म्याद थपसहितको सक्कल फाइल इजलासमा देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई मिति २०८३/०६/२० को पेसी तोकी नियमानुसार पेस गर्नू,” आदेशमा उल्लेख छ ।

प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले यही असोज १४ गते सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् । साइबर ब्युरोको टोलीले त्यसअघि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका निम्ति भन्दै प्रहरीले अदालतसँग थुना अनुमति माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी