नेता खनालद्वारा समाजवादी जागरण अभियान सुरु गर्ने घोषणा

काठमाडौँ, १९ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले समाजवादतर्फ अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा खनालले समाजवादी जागरण अभियानमार्फत वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने बहस सुरु गरिएको बताए ।

उनले भने, “समाजवादतर्फ जानुको अर्को विकल्प छैन । त्यसैले हामी सम्पूर्ण वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो बहस सुरु गरेका हौँ,” ।

खनालले समाजवादी जागरण अभियान सुरु गर्ने विषयमा यसअघि नै विभिन्न वामपन्थी विचारधाराका नेताहरूसँग छलफल भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी