होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरका अनुसार पछिल्ला केही दिनमा मध्यपूर्वबाट दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात भएको छ । सेप्टेम्बरमा इरानबाहेक मध्यपूर्वबाट औसत दैनिक कम्तीमा एक करोड ६५ लाख ब्यारेल कच्चा तेल निर्यात भएको केप्लरको तथ्यांक छ ।

मार्चमा यस क्षेत्रबाट दैनिक औसत करिब ६० लाख ब्यारेल मात्र कच्चा तेल निर्यात भएको थियो। त्यसको तुलनामा सेप्टेम्बरको निर्यात उल्लेख्य रूपमा बढेको हो ।

तेल निर्यात बढे पनि यसको ढुवानी मार्गमा परिवर्तन आएको छ । युद्धअघि मध्यपूर्वको अधिकांश कच्चा तेल होर्मुज जलडमरूमध्य हुँदै विश्व बजारमा पुग्ने गरेको थियो । अहिले करिब ४० प्रतिशत तेल उक्त जलडमरूमध्य प्रयोग नगरी वैकल्पिक मार्गबाट निर्यात भइरहेको केप्लरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बस्नेगरी