होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।

समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरका अनुसार पछिल्ला केही दिनमा मध्यपूर्वबाट दैनिक एक करोड ८० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात भएको छ । सेप्टेम्बरमा इरानबाहेक मध्यपूर्वबाट औसत दैनिक कम्तीमा एक करोड ६५ लाख ब्यारेल कच्चा तेल निर्यात भएको केप्लरको तथ्यांक छ ।

मार्चमा यस क्षेत्रबाट दैनिक औसत करिब ६० लाख ब्यारेल मात्र कच्चा तेल निर्यात भएको थियो। त्यसको तुलनामा सेप्टेम्बरको निर्यात उल्लेख्य रूपमा बढेको हो ।

तेल निर्यात बढे पनि यसको ढुवानी मार्गमा परिवर्तन आएको छ । युद्धअघि मध्यपूर्वको अधिकांश कच्चा तेल होर्मुज जलडमरूमध्य हुँदै विश्व बजारमा पुग्ने गरेको थियो । अहिले करिब ४० प्रतिशत तेल उक्त जलडमरूमध्य प्रयोग नगरी वैकल्पिक मार्गबाट निर्यात भइरहेको केप्लरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी