पढाइको साथसाथै सीप हुनुपर्‍यो: मन्त्री पुन

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, “पढेरमात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्‍यो । नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । २०८३ साल असोज १९ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ