आजको मौसम

काठमाडौँ, १५ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने साथै देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र  पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । २०८३ साल असोज १५ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने

रौतहट, १४ असोज । रौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार

काठमाडौँ, १४ असोज । प्रहरीले काठमाडौँको रातोपुलबाट लागु औषध ट्रामाडोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको

भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती चोकमा होण्डा कम्पनीको अत्याधुनिक मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।