जिप अनियन्त्रित भई दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौँ, १४ असोज । सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् ।

आज बिहान काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धार कार्यमा खटिएको थियो । प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि ०९:०० बजे धुलिखेल अस्पताल पठाइएको छ ।

 बेथानचोक–१ बस्ने वर्ष २८ वर्षीय रोम बहादुर योञ्जन, २१ वर्षीय मिना माया तामाङ,  ५६ वर्षीय दुर्गा बहादुर योञ्जन, ४३ वर्षीय धन बहादुर योञ्जन, ४५ वर्षीय  प्रेम योञ्जन, ३० वर्षीय  दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेक बहादुर थिङ घाइते भएका छन् ।

उक्त जिप चालक जिल्ला काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल रहेकोले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको