काठमाडौँ, १० असोज । विरल वर्षासँगै खसेको पहिरोमा परी बागलुङको ताराखोलामा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५, धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको हो ।
रोका सुत्ने कोठामा रहेका बेला पहिरोले पुरेको प्रहरीले जनाएको छ ।






