आगलागीमा परेर एक वृद्धको मृत्यु

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।

स्थानीयबासीका अनुसार घरमा राति सबैजना सुतिरहेको बेला एक्कासि आगजनी भएको थियो । आगजनीमा परिवारका अन्य सदस्य भाग्न सफल भएपनि सहनी भाग्ने क्रममा लडेर आगजनीमा परि मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । 

प्रहरीले आगलागी विद्युत् सर्टबाट भएको हुनसक्ने जनाएको छ । मृतक सहनी महोत्तरी नगरपालिका २ निवासी अवकास प्राप्त शिक्षक हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी