एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजा ओसारपसारमा प्रयोग भएको ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

चोहर्वाबाट सिरहातर्फ एम्बुलेन्समा गाँजा लोड गरी ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालक एम्बुलेन्स छाडेर फरार भएका छन् ।

प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा जुटका बोरामा राखिएको १०५ किलो लागूऔषध गाँजा बरामद भएको जनाएको छ । बरामद गाँजा र एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएको एम्बुलेन्स कसको हो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । फरार चालकको पहिचान तथा खोजतलास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख

काठमाडौँ, ६ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम

काठमाडौँ, ६ कार्तिक । २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६ अक्टोबर २३ तारिख। असोज शुक्ल पक्षको द्वादशी तिथि

मकवानपुर, ५ कार्तिक । बकैया गाउँपालिका–५ श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई