विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक भारतीय पक्राउ

काठमाडौँ, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारतको बैङ्गलौर निवासी ३६ वर्षीय जगदिश मोहन राव रहेका छन् । भदौ २३ गते नेपाल वायुसेवा निगमको उडान नम्बर आरए२२५ मार्फत काठमाडौँबाट बैङ्गलौरतर्फ प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको ब्यागेज चेकिङ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक्स-रे ब्यागेज चेकजाँच गर्ने क्रममा उनीबाट स्रोत नखुलेको ६ लाख ३५ हजार भारतीय रुपैयाँ, ६३५ चिनियाँ युआन, १० हङकङ डलर, ११ लाख ८६ हजार भियतनामी दोड र १७० थाइल्यान्ड भाट बरामद भएको छ ।

अवैध रूपमा लुकाइछिपाई लैजान लागेको उक्त विदेशी मुद्रासहित पक्राउ परेका उनलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै