ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, २४ भदौ । पोखरा–१०, बुद्धचोकमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी ५ निवासी २५ वर्षीय नवराज दर्जी हुन् । पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो १२ बजेर ५० मिनेटमा बुद्धचोकमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले दिउँसो २ बजेर २२ मिनेटमा मृत घोषणा गरेको हो ।

ट्रक र चालक सिन्धुलीको कमलामाई–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान भोलि (शनिबार)देखि सञ्चालन हुने भएको छ ।

काठमाडौँ, ६ कार्तिक । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २

सुनसरी, ६ कार्तिक । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख