प्रहरीमाथि कुटपिट गरेर फरार अभियुक्त पक्राउ

काठमाडौँ, २४ भदौ । कुटपिट अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका वडा नं. १० सलेमपुर बस्ने ५० वर्षका अशोक कुमार यादव रहेका छन् । उनलाई ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलबाट भदौ २३ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट कुटपिट अङ्गभङ्ग कसूरमा म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादव साहसहितका प्रतिवादीहरूले गत जेठ २५ गते ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूलाई कविलासी नगरपालिका वडा नं. ८ अगर्वामा कुटपिट गरी घाइते बनाएका थिए । साथै नेपाल प्रहरीको मोटरसाइकल समेत तोडफोड गरी उनीहरू फरार भएका थिए। यस सम्बन्धमा आपराधिक उपद्रव कसूरमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ ।

यसअघि पनि यादवमाथि विभिन्न मितिमा राज्य विरुद्धको कसूर, चोरी सम्बन्धी कसूर, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति विरुद्धको कसूर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव लगायतका ११ वटा कसूरमा अनुसन्धान भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर