प्रहरीमाथि कुटपिट गरेर फरार अभियुक्त पक्राउ

काठमाडौँ, २४ भदौ । कुटपिट अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका वडा नं. १० सलेमपुर बस्ने ५० वर्षका अशोक कुमार यादव रहेका छन् । उनलाई ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलबाट भदौ २३ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट कुटपिट अङ्गभङ्ग कसूरमा म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादव साहसहितका प्रतिवादीहरूले गत जेठ २५ गते ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूलाई कविलासी नगरपालिका वडा नं. ८ अगर्वामा कुटपिट गरी घाइते बनाएका थिए । साथै नेपाल प्रहरीको मोटरसाइकल समेत तोडफोड गरी उनीहरू फरार भएका थिए। यस सम्बन्धमा आपराधिक उपद्रव कसूरमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ ।

यसअघि पनि यादवमाथि विभिन्न मितिमा राज्य विरुद्धको कसूर, चोरी सम्बन्धी कसूर, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्ति विरुद्धको कसूर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव लगायतका ११ वटा कसूरमा अनुसन्धान भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको