डेढ क्विन्टल बढी गाँजा बरामद

काठमाडौँ, २४ भदौ । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्बर ७ गण हेड क्वाटर सिराहाको गस्ती टोलीले गएराति १ः ३५ बजे बरामद गरेको हो ।

टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा टोलीलाई देखेर व्यक्तिहरू फरार भएको र उक्त प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हो ।

उनले प्लास्टिकमा प्याक गरी कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए । नियन्त्रणमा लिइएको उक्त पदार्थ आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र