गोली प्रहार गरेर एक शिक्षकको हत्या

काठमाडौँ, १९ भदौ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ ।

प्रहरीका अनुसार मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो । उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।

हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको छ । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् । घटना बिहीबार साँझको भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान

काठमाडौँ, ११ असोज । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण