आजको मौसम

काठमाडौँ, १८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज  देशभर साधारणतया बादल लाग्ने विभागको पूर्वानुमान छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । 

कोसी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावनाको पूर्वानुमान छ । 

त्यस्तै आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 
आज राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोसी प्रदेशको तराई भूभागका केही, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको