सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

ट्राफिक प्रमुख पाण्डेले सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी सुचारु गर्न केही समय लाग्न सक्ने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको