पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

काठमाडौँ, ६ भदौ । पहिरोका कारण पोखरा–सिक्लेस सडक अवरुद्ध भएको छ ।

गएरातिदेखिको अविरल वर्षाका कारण कास्कीको मादी गाउँपालिका–१, पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मादी–१ का वडाध्यक्ष देवीजंग गुरुङका अनुसार आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको हो । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय भइरहेको छ ।

सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई आइतबारसम्म यात्राको योजना नबनाउन वडाध्यक्ष गुरुङले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ