आजको राशिफल

काठमाडौँ, ५ भदौ । २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल । 

मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष: दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिमा महत्त्वपूर्ण नियुक्ती मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन: दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी हु्नेछ।

कर्कट: दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको भेटघाट रमाइलो हुनेछ। दैनिकी सहजै बित्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

सिंह: दिन सामान्य छ। सोचेको काममा अवरोध हुनसक्छ। मिहिनेतको फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या: दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति फिर्ता हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। घर र जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग व्यवहार गर्दा भने सचेत बन्नुपर्नेछ।

तुला: दिन राम्रो छ।मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा श्रमको शोषण हुने जोखिम छ। राजनीतिक र सामाजिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक: दिन राम्रो छ। ठुला व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। सोचेका काम सहज बन्नेछन्। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम रहेको छ।

धनु: दिन सामान्य छ। साना कुराले झन्झट बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मकर: दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। संकटमा परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ: दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोल्नु भन्दा अगाडि सोच्नुपर्ने समय छ। विपक्षी भनिएका साथीले राम्रो साथ दिनेछन्। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मीन: दिन सामान्य छ। सानासाना कुरामा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापारमा भने मिहिनेतको फल मिल्ने योग छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ, ४ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ ।

काठमाडौँ, ४ भदौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ । आज

काठमाडौँ, ४ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पियर-टु-पियर’ लेन्डिङलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् ।  बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ