कुटपिट गरी एक युवकको हत्या

काठमाडौँ, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठी छन् । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा मनिष गम्भीर घाइते भएका थिए । घाइते मनिषको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको