१८ केजी गाँजासहित २ जना भारतीय पक्राउ

काठमाडौँ, २७ साउन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार गएराति भारतीय नागरिकहरुले थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट भएर सो गाँजा ल्याएका हुन् । गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा क्याथे प्यासिफिकको उडान हुँदै आएका भारत पन्जाब घर भएका ३६ वर्षीय सन्जिभकुमार र २६ वर्षीय रविकुमारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

आरोपीहरूले प्रहरीलाई झुक्याउन बैङ्ककबाट हङकङ पुगेर नेपाल ओर्लिएको प्रहरीको अनुसन्धानले देखाएको छ । बैङ्ककबाट सिधै आउँदा निगरानीमा पर्ने भएपछि उनीहरू हङकङबाट आएको बताइएको छ ।

आरोपीहरूमाथि ब्युरोले लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । थाइल्याण्डबाट गाँजा ओसारपसार गर्नेहरूले पक्राउबाट बच्न आगमन तर्फको भन्सार एरियामा लगेज छाडेर केही दिन पछि एजेन्ट मार्फत लगेज दाबी गरेर लैजाने गरेको भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको