आजको मौसम

काठमाडौँ, २६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।

अहिले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ । कोशी,बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केहि स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा  चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि

काठमाडौँ, २५ साउन । धनुषाको शहीदनगर–३ यदुकुहामा एक १७ वर्षीया किशोरी मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार

काठमाडौँ, २५ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

काठमाडौँ, २५ साउन । बागलुङक काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति ढोरपाटन नगरपालिका–५