बीपी राजमार्ग दुईतर्फी नै खुल्यो

काठमाडौँ, २५ साउन । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार लेदो सहितको पहिरो हटाएपछि ८ बजेबाट बीपी राजमार्ग पुन: दुईतर्फी नै सञ्चालनमा आएको हो ।

बिहान करिब ४ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत ठप्प भएको थियो ।

बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र नार्केमा वर्षाका कारण लेदोसहितको पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग पुन:

काठमाडौँ, २५ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपलिका १ शाहीचोकमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, २५ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

भक्तपुर, २५ साउन । भक्तपुर जिल्लामा सञ्चालन रहेको परिवर्तनशील आवाज साप्ताहिले १९औं वर्षमा प्रवेश गरेको छ । स्थानीय तह अन्तरगत