काठमाडौँ, २४ साउन । भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको थियो ।
उपचारका लागि अस्पताल लगिएकोमा उनको आज बिहान ४ बजे मृत्यु भएको बताइएको छ । तर सुधार गृहमा राखिएका अन्य व्यक्तिहरूले भने कुटेर उनको हत्या गरेको आरोप लगाएका छन् ।
उनीहरूले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सुधार गृहमै नाराबाजी गरेका छन् । अहिले उक्त ठाउँमा प्रहरी परिचालन गरिएको छ ।






