जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

काठमाडौँ, २४ साउन । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन् । प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ । गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए ।

उनी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९

काठमाडौँ, २४ साउन । झापाको बिर्तामोड नगरपालिका–२, बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते

काठमाडौँ, २४ साउन । सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनाको अनुसन्धानका क्रममा सोही स्थानका

काठमाडौँ, २४ साउन । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित