औषधिसहित दुई जना पक्राउ

काठमाडौँ, २४ साउन । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ७, दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीलाई पक्राउ गरेको छ । सिराहाकै मिर्चैया नगरपालिका वडा नं. ८ निवासी कुर्मीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको सेतो बोरा भित्र लुकाइराखेको ‘ONEREX-100 ML’ लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी,  गएराति ९:०० बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ८ पुरानो चोहर्वाबाट २३ वर्षीय जय कुमार नायक पक्राउ परेका छन्। गोलबजार नगरपालिका वडा नं. ६ निवासी नायक पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार उक्त पदार्थ प्लाष्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लाष्टिक बाहेक ४ ग्राम ५७ मिलिग्राम रहेको छ।

पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ