आजको राशिफल

काठमाडौँ, २४ साउन । २०८३ साल साउन २४ गते आइतबारको राशिफल । 

मेष : यात्रा कठिन हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार थपिने भएकाले खर्च कटौती गर्नुपर्ने समय आएको छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सहज छ। सेवाको अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुम्न लागेको धन हात लाग्दा मन प्रशन्न हुनेछ । राजनीतिक नेतृत्वबाट भने त्रास बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। आफ्ना योजना कसैलाई नसुनाउनु फाइदा हुनेछ। हल्ला गर्नुभन्दा काम गर्नुपर्ने दिन छ।

सिंह : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। जागिरमा बढुवा हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। साथीभाइसँगको यात्राले मनमा खुसी मिल्नेछ । पठनपाठनमा मन जानेछ ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। प्रशंसा सुन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ला। मन मिल्ने साथीको साथ मिल्नेछ ।

तुला : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको टकराबले तपाईंलाई फाइदा पुग्ने देखिन्छ। पारिवारिक मेलमिलाप हुनेछ ।

वृश्चिक : दिन सामान्य छ। तपाईंको श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ। आज जोगिएर यात्रा गर्नुपर्ने दिन छ ।

धनु : दिन राम्रो छ। शुभ ग्रहको बहुमत रहेको छ। आज गरेको लगानी दीर्घकालसम्म टिक्ने योग छ। आम्दानीका स्रोतहरु भेटिनेछन् । परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मकर : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक यात्रा तय हुनेछ। ठुला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। 

कुम्भ : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

मीन : दिन सामान्य छ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। काम गर्दा सोचेर काम गर्नुपर्ने दिन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको भन्दै खुसी व्यक्त

झापा, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि