मोटरसाइकल चोर्ने ६ जना पक्राउ

काठमाडौँ, २२ साउन । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । बा. प्र. २–०४२ प ४९६८ नम्बरको डुक मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–१२ का २१ वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका–७ का २१ वर्षीय अभियास थारु, काभ्रेको पाँचखाल नगरपालिका–९ का १७ वर्षीय रिशब शाक्य र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ का १८ वर्षीय आशिष राउत छन् ।

त्यसैगरी बा. प्र. २–०३३ प ३८४४ नम्बरको बुलेट मोटरसाइकलसहति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ्ग गाउँपालिका–७ का १९ वर्षीय सोनाम छिरी शेर्पा र सोलुखुम्बुको सल्लेरी गाउँपालिका–५ का १९ वर्षीय राजिब तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ