करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको घटनामा फर्म सञ्चालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ४४ वर्षीय प्रथमलाल धामीले सञ्चालन गरेको पोल्ट्री फर्ममा सन्तकुमार धामीका २ वर्षीय छोरा प्रतिक धामी कुखुरा हेर्न गएका बेला फर्ममा जथाभावी राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लाग्दा गत साउन २ गते उनको मृत्यु भएको थियो।

सो घटनापछि मृतकका बुवाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पक्राउ परेका फर्म सञ्चालक प्रथमलाल धामीविरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ