आजको राशिफल

काठमाडौँ, २० साउन । २०८३ साल साउन २० गते बुधबारको राशिफल ।

मेष : दिन राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा बौद्धिक छलफल हुनेछ।

वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीमा फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। दाम्पत्य जीवन सफल बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुन : दिन धेरै राम्रो दिन छ । आम्दानीका स्रोतहरु भेटिनेछन् । राजनीतिमा मानसम्मान मिल्नेछ । परिवारमा आइपर्ने संकटको समाधान भेटिनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। शिक्षामा थप मिहिनेतको खाँचो छ।

कर्कट :जग्गाको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा लगानी गरेको भए थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा सहयोगी साथी विपक्षी मोर्चामा पुग्नेछन्। व्यापारबाट खुशी मिल्नेछ ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता भएमा काम बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : व्यवहारिक बोझ बढ्नेछ। विपक्षीसँगको वार्ताले मनमा शान्ति मिल्नेछ। परिवारमा सहमति गरेर अगाडि बढ्नुपर्ने छ। आम्दानीका स्रोतलाई निरन्तरता दिनु उचित हुनेछ।

तुला : दिन राम्रो छ। कला र गलाको प्रदर्शनी गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यमा तपाईंको जित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। समय र सम्पत्ति खर्च हुनेछ। शिक्षामा गरेको श्रमको शोषण हुनेछ। विपक्षीसँग सचेत बन्नुपर्ने समय छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो गर्ने होडबाजी चल्नेछ। खर्च कटौती गर्ने समय छ। मन मिल्ने साथीसँँग भेट हुनेछ ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्राले समय र सम्पत्ति खर्च हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। साथीभाइसँगको सहकार्यले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : शुभ कार्यमा सरिक हुने दिन छ । पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ । साथीकाे साथले काम गर्न उत्साह मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा अपराह्न

काठमाडौँ, २० साउन । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  Exchange Rate for

काठमाडौँ, २० साउन । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।