काठमाडौँ, १९ साउन । देशको दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला करिडोर नजिकै डेरा गरी बस्ने रामेछापका ५३ वर्षीय रहरबहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा रहरबहादुरसहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २३ हजार रुपैयाँ र २ बुक तासबोसहित पक्राउ गरेको हो ।
त्यस्तै पाल्पाको माथागढी गाउँपालिका-३ सराई बस्ने ५० वर्षीय तुल्सीराम मश्राङ्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा तुल्सीरामसहित ८ जनालाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७७ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तासबोसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






