आजको राशिफल

काठमाडौँ, १९ साउन । २०८३ साल साउन १९ गते मंगलबारको राशिफल । 

मेष : दिन सामान्य छ। मन अशान्त बन्नेछ। व्यापारमा घाटा बढ्नेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी बढ्नेछ। कारोबार नगर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। अवसरको सदुपयोग गर्न नसक्दा पछुतो लाग्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढिने भएकाले थोरै बोल्नु उचित हुन्छ। लगानीमा संकट आइपर्ने जोखिम छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। पढाइमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। मन शान्त बन्नेछ। रचनात्मक क्षेत्रमा मन जानेछ। सन्तानको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। मन अशान्त बन्नेछ। व्यापारमा संकट आइपर्ने समय छ। परिवारसँग सानोसानो कुरामा विवाद हुने भएकाले थोरै बोल्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। दाजुभाइसँगको एकताले नाफा हुने योग छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ ।

तुला : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। सञ्चित धनको सदुपयोग गर्नु उचित हुन्छ। तपाईंको प्रशंसा बढ्नेछ। व्यापार र राजनीतिमा पहुँच विस्तार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आजको दिन शिक्षामा राम्रो छ ।

वृश्चिक : दिन राम्रो छ। समय अनुकुल भएकाले फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। सुन्दरतातर्फ मन आकर्षि हुने योग छ।

धनु : दिन सामान्य छ। बौद्धिक साथीसँग टकराब हुनेछ। परिवारले शंकाको घेरामा राख्नेछन्। शनि प्रतिकुल भएमा अनावश्यक यात्रा हुनेछ। स्वास्थ्य उपचारमा खर्च बढ्ने जोखिम छ।

मकर : दिन राम्रो छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रका उच्च व्यक्तिबाट हौसला मिल्नेछ। तपाईंको कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मीन : दिन राम्रो छ। लामो दूरीको यात्रा तय हुनसक्छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारमा विवाद हुने भएकाले कम बोल्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन

काठमाडौँ, १९ साउन । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७