काठमाडौँ, १७ साउन । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा हानेको थियो ।
सो क्रममा भीमदत्त नगरपालिका–१८ निवासी ४० वर्षीय सुरेश चन्दसहित ८ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ६१ हजार र चार गड्डी तास बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






