एक किशोरी मृत फेला

काठमाडौँ, १६ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरा गरी बस्ने एक किशोरी बिहान मृत फेला परेकी छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी अन्दाजी १७/१८ वर्षीया अनिशा विक हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी थिइन् ।

उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब ६ बजे डेरामा रहेका साथीहरूले उनलाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि उपचारका लागि बिहान सवा ६ बजे हेटौंडा अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ