७१ किलो गाँजासहित २ जना पक्राउ

धनकुटा, ९ साउन । धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गए राती साँगुरीगढी गाउँपालिका वडा नं. २, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को२ह १२५ नम्बरको अटो (टेम्पो) रोकी जाँच गर्दा प्लास्टिकका पाँच वटा बोरामा प्याक गरिएको ७१ किलोग्राम ३५ ग्राम गाँजा फेला परेको हो ।

प्रहरीले गाँजासहित अटो चालक साँगुरीगढी गाउँपालिका वडा नं. २ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र सोही समयमा पछाडि सुरक्षा दिँदै आएको प्र १-०४-००१ प ४७९१ नम्बरको पल्सर मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका वडा नं. ३, मादेनका ३२ वर्षीय मदन याखालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

प्रहरीले गाँजासहित प्रयोग भएको अटो, पल्सर मोटरसाइकल, शिखर लिम्बूको सिमसहितको रेड्मी कम्पनीको मोबाइल फोन तथा मदन याखाको किप्याड मोबाइल फोन समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार