नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : पूर्वमन्त्री ज्ञवाली

काठमाडौँ, ८ साउन । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तापक्षले गरिरहेका काम कारबाहीले मुलुकलाई भूराजनीतिक भुमरीमा धकेलिने जोखिम रहेको बताएका छन् । 

शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले शक्ति सन्तुलन प्रतिकूल भएको भन्दै संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीन वटा पार्टी सबै मिल्दा पनि प्रतिनिधि सभामा सत्तापक्षलाई रोक्न सक्ने क्षमता नभएको बताए । सङ्कट कम्युनिस्ट आन्दोलनको मात्र नभएर मुलुककै भएकाले ज्ञवालीले सकेसम्म सहकार्यका लागि नेपाली कांग्रेसलाई समेत जोड्न प्रयत्न गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘संविधान संशोधनका नाममा आज जे हुँदैछ, फन्डामेन्टल कुराहरूलाई नै कैँची लगाउने काम भएको छ । यसले मुलुकलाई अत्यन्तै अप्ठेरो अवस्थामा लगेको छ भनेर बुझ्न सकिन्छ । उपलब्धिहरू धरापमा परेको भनेर बुझ्नुपर्छ । राष्ट्रिय सभा छ, तर जनता सजग नहुने हो भने प्रतिगामी संशोधन रोक्न सकिँदैन । भूराजनीतिक भुमरीमा धकेल्ने पश्चिमाको भ्रमण, फ्रि तिब्बत गतिविधि र प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले भारतको जमिन मिचेको छ भनेका लगायत घटनाक्रमलाई भूराजनीतिक जोखिममा धकेल्ने प्रयासका रूपमा बुझ्न सकिन्छ । नागरिकका अधिकार लगातार खोसिँदै गएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for