एसएलआरको गोलीसहित एक जना पक्राउ

काठमाडौँ, ८ साउन । काठमाडौँको जोरपाटीबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१ नक्साल ज्यापुटोल स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी टेलिकम नजिक डेरा गरी बस्ने ४३ वर्षीय विकास महर्जन रहेका छन् ।

प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशङ्काका आधारमा महर्जन बस्दै आएको डेरा कोठामा चेकजाँच गरेको थियो । सोही क्रममा कोठाभित्र लुकाएर राखिएको अवस्थामा एसएलआर राइफलको ६ राउण्ड गोली फेला परेपछि प्रहरीले उक्त गोली बरामद गर्दै उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका महर्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको