आजको राशिफल

काठमाडौँ, ६ साउन । २०८३ साल साउन ६ गते बुधबारको राशिफल ।  

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट उन्नती हुनेछ। दाजुभाइको संगतले भाग्यको उदय हुनेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ। शिक्षामा फाइदा हुनेछ।

वृष : शुभ दिन छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धन आर्जन हुनेछ। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यको सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

मिथुन :  विज्ञसँगको भेट रमाइलो बन्नेछ। अभिभावकको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। मनमा चिन्ता थपिने छ। आज विवाद हुने भएकाले सकेसम्म नबोल्नु उचित हुनेछ । पन्छीलाई दाना दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने समय आएको छ।

सिंह : दिन राम्रो छ। सम्पत्ति खर्च गरेर राजनीतिमा नाम कमाउने दिन छ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। विवाद नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गरेमा नाफा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारमा फाइदा हुनेछ। जमिनको कारोबारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। इज्जत बढ्नेछ। औषधी नियमित नगरे स्वास्थ्यमा भने सम:या हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। परिवारको बोझ थपिँदा मनमा चिन्ता बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राज्यमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। परिवारसँग रमाइलो घुलमिल हुनेछ। विपक्षीको विरोध नगर्नु राम्रो हुनेछ। रााजनीतिक क्षेत्रमा सचेत हुनुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ।

मकर : काममा बन्ने दिन छ । तत्काल विदेश यात्रामा नजानु उचित हुन्छ। आफन्तसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : धार्मिक व्यक्तिसँग भेट हुनेछ। मन शान्त हुनेछ। विरोधी सक्रिय भएकाले हरेक काममा सचेत बन्नुपर्ने देखिन्छ। यात्रा अनावश्यक हुनेछ।

मीन : दिन सामान्य छ। साथीसँग विवाद बढ्नेछ। स्वास्थ्य र शिक्षाले साथ दिनेछ। बोल्नु अगाडि सोच्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर गरेको यात्रा सहज बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ साउन । बेलायतमा सत्ता परिवर्तनपछि नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले निवर्तमान

काठमाडौँ, ५ साउन । अमेरिका र इरानबीच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य घटेको

एजेन्सी, ५ साउन । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु

एजेन्सी, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार (ट्यारिफ) लगाउने घोषणा गरेका छन्