काठमाडौँ उपत्यकाका नदीको तटीय क्षेत्रमा उच्च सतकर्ता अपनाउन आग्रह

काठमाडौँ, २७ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्रमा बस्नेलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ । 

आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।  

“काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको छ,” प्राधिकरणले भनेको छ, “यी जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्रमा बस्नेले सतकर्ता अपनाउन अनुधरोध छ ।”  

देशका केही स्थानमा आज दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।  

दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी  भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी

काठमाडौँ, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । आज साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन

काठमाडौँ, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका